प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिता सम्पन्न

२०८१-१२-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी खेलकुद समिति महाराजगंजको आयोजनामा मुलपानी क्रिकेट मैदानमा संचालित प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा बिजयी हुने मधेश प्रदेश प्रहरी कार्यालय टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण-पत्र, ट्रफि र नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले सहभागी टिमका व्यवस्थापकहरूलाई मायाको चिनो समेत प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको महत्व अझ बढि हुने चर्चा गर्दै यस प्रतियोगिताले नेपाल प्रहरीको क्रिकेट खेलको स्तरलाई सुदृढ तुल्याउनुका साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्धनमा समेत योगदान पुर्‍याएको बताउनुभयो । खेलाडीहरूबाट समूहमा प्रदर्शन भएको मेहनत, अनुशासन, खेलकौशल र सामूहिक भावना नेपाल प्रहरीभित्र रहेको भातृत्व भाव र स्व:अनुशासनको प्रतिबिम्ब भएको चर्चा गर्दै प्रतियोगिताको बिजेता एवम् उपबिजेता तथा अन्य विधामा उत्कृष्ठ हुने सबैलाई बधाई दिनुका साथै आगामी प्रतिस्पर्धामा समेत सफलताको कामना उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको खेलकुदका विभिन्न विधामा प्राप्त गरेको ख्याती र नेपाल प्रहरीका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतियोगितामा सहभागिता जनाई हासिल गरेका सफलता सराहनीय रहेको चर्चा गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरी संगठनमा आवद्ध खेलाडीहरूको सहभागिता र योगदानको कारण नेपाल प्रहरी संगठन र नागरिकबीचको सम्बन्ध समेत सुदृढ भएको विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीमा आवद्ध खेलाडीहरूले आगामी दिनहरूमा समेत आफ्नो उत्कृष्ट प्रदर्शन मार्फत संगठन र राष्ट्रका श्रीवृद्धिका अवसरहरू सिर्जना गरिरहनु हुनेछ भन्ने विश्वास व्यक्त गर्दै खेलकुदको क्षेत्रमा अझ धेरै सफलता मिलोस् भन्ने शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो । नेपाल प्रहरीमा खेलकुदको विकास, प्रवर्द्धन र खेलाडीहरूको मनोबलका लागि संगठन सदैव सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले निर्णायकहरू, प्रायोजकहरू तथा सहभागी टिमलाई प्रशंसापत्र एवम् मायाको चिनो प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले उत्कृष्ट प्रशिक्षकलाई, प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले उत्कृष्ट बलरलाई, प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले उत्कृष्ट ब्याट्सम्यानलाई र प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराईले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गर्नुभयो ।   

कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले प्रतियोगितामा द्वितीय हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण-पत्र, ट्रफि र नगद पुरस्कार प्रदान गर्नुभयो । 

कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै संगठन र राष्ट्रको शिर उच्च बनाउन सफल खेलकुदको विकासका लागि नेपाल प्रहरीले पुर्‍याउँदै आएको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो । सो अवसरमा प्रहरी नायव उपरीक्षक चक्र बहादुर डम्मरपालले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 

आज भएको फाइनल खेलमा मधेश प्रदेश प्रहरी कार्यालयको टिमले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टिमलाई १४ रनले पराजित गरेको थियो । फाइनल खेलमा पहिलो ब्याटिङ गरेको मधेश प्रदेश प्रहरी कार्यालयको टिमले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो भने जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टिमले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५३ रन मात्र बनाउन सकेको थियो ।  

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रूपैयाँ र द्वितीय हुने टिमले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार रूपैयाँ र उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक युवराज सेन ओली, उत्कृष्ट बलर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी जवान पशुपति प्रकाश मल्ल तथा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रम शाह उत्कृष्ट प्रशिक्षक, प्रहरी जवान दिपेश राय उत्कृष्ट ब्याट्सम्यान र प्रहरी जवान मुनाल यादव फाइनल खेलका म्यान अफ दि म्याच घोषित भएका थिए ।   

फागुन २७ गतेबाट शुरू भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी ८ टिमको सहभागिता रहेको थियो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल क्रिकेट संघका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
पूर्णव्यावसायिकता प्रदर्शन गरी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०२-२९

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी बोकेको केन्द्रीय अनुसन्धान ब्यूरोबाट सम्पादित कार्यले संगठनको साख बढ्ने चर्चा गर्दै पूर्णव्यावसायिकता प्रदर्शन गरी वस्तुनिष्ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटको बिहीबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।  निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक थापाले आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, लेखा शाखा, सूचना संकलन शाखा लगायत अन्य शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले जटिल र गहन प्रकृतिका अपराधका साथै प्रविधिजन्य अपराधहरू चुनौतिको रूपमा देखा परेको उल्लेख गर्दै भरपर्दो सूचना संकलन, विश्लेषण, उपलब्ध जनशक्ति तथा स्रोतसाधनहरूको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो ।  प्रहरी महानिरीक्षक थापाले ब्यूरोबाट विगतमा भएका सफल अनुसन्धानहरू प्रशंसनीय रहेको चर्चा गर्दै बदलिँदो परिपेक्षमा  अपराध अनुसन्धानको क्षेत्रमा देखिएका जटिलताहरूको सामना गर्न प्रहरी कर्मचारीहरूले आफूलाई परिष्कृत र परिमार्जित गर्दै उच्च समर्पण भाव र सामूहिक भावनाका साथ इमान्दारीपूर्वक कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । साथै ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीको वृत्ति विकास र ब्यूरोलाई थप आधुनिकीकरण तथा स्रोतसाधन सम्पन्न बनाउन संगठन सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।   केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुवेर खापुङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले ब्यूरोको पृष्ठभूमि, स्थापनाको उद्देश्य, कार्यनीति, व्यवस्थापन/प्रशासन, नीति निर्देशन कार्यान्वयन, महत्वपूर्ण मुद्दाहरूको अनुसन्धान विवरण, अनुसन्धानको क्रममा देखिएका कानूनी समस्याहरू, जटिल एवम् प्रविधिजन्य अपराधहरू, समस्या तथा चुनौतिहरू, भावी योजना, तालुक कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

उच्च मनोबलका साथ अब्बल र सेवाग्राहीमैत्री सेवामा कटिबद्ध हुनुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०२-२८

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले स्वास्थ्य सेवा जस्तो महत्वपूर्ण र चुनौतिपूर्ण सेवामा समर्पित अस्पतालका प्रहरी कर्मचारीहरूले सामूहिक भावनाका साथ थप व्यावसायिकता प्रदर्शन गर्दै उच्च मनोबलका साथ अब्बल र सेवाग्राहीमैत्री सेवामा कटिबद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।  निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज भवनमा रहेका शैक्षिक कार्यक्रम स्थानको अवलोकन गर्नुका साथै ईमरजेन्सी डिपार्टमेन्ट, विभिन्न विभागहरू, वार्डहरू, फार्मेसी लगायत विभिन्न यूनिटहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो । सोही अवसरमा उहाँले विरामी उपचार काजमा आएका बिरामीहरूसँग अन्तरक्रिया समेत गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा अस्पतालले उचित परामर्श, असल व्यवहार र सहानुभूतिपूर्ण उपचारको माध्यमबाट सेवामा सबैको सरल र सहज पहुँचको वातावरण निर्माण गर्दै कार्यसम्पदान गर्नुपर्न बताउनुभयो । कोभिड-१९ जस्तो महामारी र अन्य विषम परिस्थितिहरूमा विभिन्न कठिनाईहरूको सामना गर्दै निरन्तर रूपमा स्वास्थ्य सेवा प्रवाहमा अस्पतालले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै दूरदराज सम्म फैलिएर नागरिक सेवामा समर्पित नेपाल प्रहरीका बहालवाला कर्मचारीहरू, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, आश्रित परिवारजन र आमनागरिकको उपचारमा विगतका कमजोरीहरूलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।    प्रहरी महानिरीक्षक थापाले भौतिक र प्राविधिक रूपमा अस्पतालको स्तरोन्नति गर्ने, कार्यरत कर्मचारीको वृत्ति विकास गर्ने लगायतका विषयमा संगठन सदैव सकारात्मक रहेको र त्यसको लागि आवश्यक सहयोग गर्न आफू सदैव तत्पर रहेको बताउनुभयो । अस्पतालका सेवाहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न संस्थाहरूसँग भएका समझदारीहरूलाई निरन्तरता दिई सुधारका नयाँ क्षेत्रहरूको पहिचान गरी ठोस योजना बनाएर नेपाल प्रहरी अस्पतालको विकास एवम् बिस्तारमा लाग्न तथा मनसुनजन्य विपद् र अन्य प्रकोपको उद्दारका लागि तयारी हालतमा रहन उहाँले निर्देशन समेत दिनुभयो । अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सोही अस्पतालका प्राविधिक प्रहरी उपरीक्षक डा. समृद्धि कार्कीले अस्पतालको पृष्ठभूमि, मानवश्रोत व्यवस्थापन, उपलब्ध सेवा तथा सेवाग्राहीहरूको विवरण, उपकरण र नयाँ प्रविधिको प्रयोग, विभिन्न निकायसँगको समन्वय, कल्याण कोष सम्बन्धी जानकारी, कार्यान्वयनमा रहेका नीतिगत निर्णयहरू, कर्मचारी लक्षित कार्यक्रमहरू, समस्या तथा चुनौतिहरू र भावी कार्ययोजना लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दिपक थापाद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण
२०८२-०२-२६

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सोमबार निरीक्षण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले परिचालन कक्ष, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, अपराध अनुसन्धान शाखा लगायतका शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो ।  निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई काम गर्नुपर्ने बताउनुभयो । उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक थापाले फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप क्रियाशील हुनपर्ने बताउँदै हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउनुभयो । विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी विगतमा देखिएका कमीकमजोरीलाई मनन गर्दै भरपर्दो सुरक्षा व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।   प्रहरी महानिरीक्षक थापाले संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै सभ्य बोलीवचन, शिष्ट व्यवहार र सामुहिक भावनाका साथ व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्दारमा खटिन उहाँले निर्देशन दिनुभयो ।   काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमा सोही कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले मानवश्रोत व्यवस्थापन, कार्यालय व्यवस्थापन, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट गरिएका प्रयासहरू, सृजनशील कार्य, समस्या र चुनौतिहरू, आगामी कार्य दिशा/योजनाहरू र तालुक कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभूत तालिम उद्‍घाटन
२०८२-०२-२३

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबार आयोजित कार्यक्रमबीच १-१८४औं समूहको प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन सम्पन्न भएको छ ।   सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नागरिकबाट कुशल प्रहरी अधिकृतको रूपमा संगठन तथा राष्ट्रको लागि महत्वपूर्ण योगदान दिन सक्ने काबिल अधिकृतको रूपमा रूपान्तरण गरी व्यावसायिक प्रहरी बनाउने कठिन यस तालिमलाई अनुशासित, मर्यादित, लगनशील र धैर्यवान भई उच्च मनोबलका साथ हासिल गर्नुपर्नेमा जोड दिनुभयो । अहिलेको बद्लिँदो परिस्थितिमा पुलिसिङ ज्यादै चुनौतिपूर्ण रहेको बताउँदै उहाँले तालिमको अवधिमा सिकाइने ज्ञान सीप र कौशलले व्यावसायिक प्रहरी जीवनमा आइपर्ने जस्तोसुकै कठिन परिस्थितिलाई पनि सामना गर्न प्रभावकारी हुने चर्चा गर्नुभयो । सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै तालिम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । साथै प्रहरी महानिरीक्षक दिपक थापाले शुक्रबार आयोजित कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको निरीक्षण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा निर्देशन समेत दिनुभयो ।  निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले नवनिर्मित आवास भवन, फिजियोथेरापी कक्ष, इन्डोर क्रिकेट अभ्यास मैदान, शैलुन, नेपाल पुलिस स्टाफ कलेजको कार्यालय भवन, कक्षाकोठा तथा विद्यार्थी अधिकृत व्यारेक, सिनियर प्रहरी अधिकृत मेस, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयको प्रयोगशालाको समेत अवलोकलन गर्नुभयो । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक थापाले प्रतिष्ठान परिसरमा वृक्षरोपण समेत गर्नुभयो । 

१२ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०२-१६

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले पदोन्नति हुनुभएका १२ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक थापाले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ जेठ १५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना र नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ जेठ १३ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा ११ जना गरी जम्मा १२ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि बिक्रम शाह तथा प्रहरी नायव महानिरीक्षकहरू सुदर्शन प्रसाद कोईराला, बिनोद घिमिरे, दिपेन्द्र घर्ति क्षेत्री(जि.सी), दिपक रेग्मी, माधब प्रसाद श्रेष्ठ, दिलिप सिंह देउवा, दिपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, संजिब शर्मा दास र सुरेन्द्र बहादुर गुरूङ्ग रहनुभएको छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई उच्च नेतृत्व क्षमता, सकारात्मक सोच र उर्जाका साथ संस्थागत विकास, सांगठनिक सुदृढिकरण तथा शुद्धिकरण र संगठनको वृहत्तर हितका लागि सामूहिक भावना तथा उच्च मनोबलका साथ कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि बिक्रम शाहले संगठनको लक्ष्य र उद्देश्य हासिल गर्न एवम् छवि उच्च बनाउन पूर्ण व्यवसायिक निष्ठा र इमानदारीतापूर्वक अझ बढि सशक्त भई कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित
२०८२-०२-१६

काठमाडौं, नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा काठमाडौं लैनचौरमा संचालन भएको साउथ एसियन रिजनल युथ टेबलटेनिस च्याम्पियनसिप २०२५ मा रजत तथा कास्य पदक हसिल गर्न सफल नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी शुभश्री श्रेष्ठलाई सम्मान गरिएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच शुभश्री श्रेष्ठलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले शुभश्रीका हजुरबुबा अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक गोवर्धन श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष बृजेन्द्र हमाललाई समेत सम्मान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी शुभश्री श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरी संगठनको छवि उच्च बनाउन निर्वाह गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा थप सफलताको लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।