जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-१२-१३
- A
- A-
- A+
लमजुङ, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेसीशहर नगरपालिका-१ उदिपुर बस्ने ३७ वर्षीय शिवराज आले मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शिवराजले ती बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।