प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एकनाले भरूवा बन्दुक सहित दुई जना पक्राउ

२०८१-१२-१९

  • A
  • A-
  • A+
Share

धनकुटा, साँगुरीगढी गाउँपालिका-८ सिन्कुलाबाट एकनाले भरूवा बन्दुक १ थान सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय तेज कुमार विक र ३८ वर्षीय मानभा राई रहेका छन् । 

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले ढुंग्रेबाट सिन्कुलातर्फ आउँदै गरेको प्र.१-०२-०४७ प १८८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
पेस्तोल सहित तीन जना पक्राउ
२०८२-०८-१६

काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट पेस्तोल १ थान सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ सुन्धारा बस्ने दार्चुला दुहुँ गाउँपालिका-४ घर भएका १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर, काठमाडौं महानगरपालिका-१८ भुरूङखेल बस्ने सोही महानगरपालिका-१४ कलंकी घर भएका २८ वर्षीय रसिल जोशी र काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३१ वर्षीय विराट प्रसाद जोशी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै पक्राउ मध्ये रसिल उपर प्रहरी वृत्त स्वयम्भूबाट लागूऔषध मुद्दा दर्ता भई गत भदौ २४ गते हिरासतबाट भागी फरार भएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

पेस्तोल तथा रिभल्भर सहित पाँच जना पक्राउ
२०८२-०८-१२

काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट पेस्तोल २ थान र म्याग्जिन १ थान सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने मकवानपुर बागमती गाउँपालिका-७ घर भएका २५ वर्षीय निकेश विक, २५ वर्षीय सुरज विक र काठमाडौं महानगरपालिका-२८ भृकुटीमण्डप बस्ने बागलुङ ढोरपाटन नगरपालिका-३ घर भएका २५ वर्षीय बालकृष्ण गैरे रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-६ रामकोट सिभिल होम नजिक बस्ने तनहुँ भानु नगरपालिका-९ घर भएका ४१ वर्षीय मनोज कुमार सुन्दासलाई पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ८ राउण्ड सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग फस्कु समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२१ लगन डेरा गरी बस्ने भारत बिहार घर भएका १६ वर्षीय किशोरलाई रिभल्भर १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रिभल्भर फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।