जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-१२-२२
- A
- A-
- A+
झापा, २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दीवारी गाउँपालिका-१ कोचाटोली बस्ने भारत आसाम घर भएका २७ वर्षीय सन्तोष कार्कीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
सन्तोषले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गोलधापबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।