जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०१-२२
- A
- A-
- A+
मोरङ, ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा केराबारी गाउँपालिका-९ भलुवा चोक बस्ने ४४ वर्षीय मोहन कुमार मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।