प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

२०८२-१२-०५

  • A
  • A-
  • A+
Share

सर्लाही, लालबन्दी नगरपालिका-१६ परवानीपुरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय सन्तोष केसी लगायत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८४ हजार रूपैयाँ र १८ बुक तास सहित पक्राउ गरेको हो ।  

ललितपुर, ललितपुर महानगरपालिका-१५ शिव बस्ती बस्ने सरस्वती गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर धोबिघाट बस्ने मकवानपुर घर भएका २८ वर्षीय मिग्मा लामा समेत ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार २ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

दाङ, राप्ती गाउँपालिका-१ बगासोतीबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय सुमित कुमार चौधरी समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ४ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ
२०८२-१२-१९

 ललितपुर, महालक्ष्मी नगरपालिका-७ चागाँथलीस्थित ग्रीन सिटी भिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१३ बस्ने ५१ वर्षीय दिपेश खड्गी समेत २१ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९ लाख ७ हजार ९ सय ७५ रूपैयाँ, ३९ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो । यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-७ पाटन सुन्धारास्थित क्याफे एण्ड रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका-७ सुवाल बस्ने ३६ वर्षीय सुमन महर्जन समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ७ सय ३० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-४ बस्ने ६७ वर्षीय पुष्प राज पन्त लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार १ सय ७० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८२-१२-१५

मोरङ, विराटनगर महानगरपालिका-२ बस्ने वंशी राठीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२ ३९ वर्षीय बलराम राठी समेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९२ हजार ६ सय ४५ रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो ।ललितपुर, ललितपुर महानगरपालिका-१४ नखिपोट बस्ने शेर बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने पाँचथर घर भएकी ४० वर्षीया योजना लिम्बु समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३६ हजार ९ सय ५० रूपैयाँ र २४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।