प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२-१२-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-५ सिद्धिटोल बस्ने रौतहट गरूडा नगरपालिका-१ श्रीपुर घर भएका २१ वर्षीय श्याम किशोर चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत ललितपुरको २०८० चैत १ गतेको फैसलाले उक्त मुद्दामा १७ लाख ८५ हजार ६ सय रूपैयाँ जरिवाना र क्षतिपूर्ति वापत १ लाख रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-५ सिद्धिटोलबाट पक्राउ गरेको हो ।  

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ । 

सम्बन्धित समाचार
ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१२-१३

काठमाडौं,  ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुर मुद्दाका फरार २ जना प्रतिवादीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने काभ्रेपलाञ्चोक घर भएका ५८ वर्षीय कृष्ण प्रसाद दंगाल र कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने चितवन घर भएकी २८ वर्षीया सरिता गुनी रहेका छन् ।  उक्त मुद्दामा जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति जारी भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-१२-१३

कपिलवस्तु, बाणगंगा नगरपालिका-१ क्वाटर चोक बस्ने ३२ वर्षीय सुमन चौधरीको हत्या गरेको अभियोगमा सोही नगरपालिका-१ बैरिया बस्ने ४५ वर्षीय उदय अधिकारीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उदयले खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएका सुमनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ  इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दाङ, आफ्नै श्रीमती २७ वर्षीया कमला वलीको हत्या गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१९ दोघरे बस्ने ३३ वर्षीय गोपाल वलीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । गोपालले कुटपिट गर्दा कमला गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी कमलाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८२-१२-१३

काठमाडौं,  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-७ बस्ने इलाम, इलाम नगरपालिका-१ घर भएका २८ वर्षीय मनोज दाहाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  मनोजले आइसल्याण्ड पठाइदिन्छु भनी १ जना पीडितबाट ३५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

अभौतिक मुद्राको कारोबारमा संलग्न व्यक्ति पक्राउ
२०८२-१२-१२

काठमाडौं, अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने बंगलादेश पाबना घर भएका २९ वर्षीय MD SHEHABUL ISLAM लाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले ३० लाख ४९ हजार ७ सय ३६ रूपैयाँ ९३ पैसा बराबरको USDT लगायत अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ । साथै प्रहरीले उनको साथबाट नगद ६० हजार रूपैयाँ, सिमकार्ड ९ थान, मोबाइल २ थान, विभिन्न बैंकको एटिएम ७ थान, विभिन्न बैंकको चेकबुक ३३ थान लगायतका सरसामान समेत बरामद गरेको छ । उनी उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

नक्कली सुन दिई रकम ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-१२-१२

काठमाडौं, नक्कली सुन दिई रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुली हरिहरपुरगढी गाउँपालिका-७ घर भएका ३८ वर्षीय विजय लामा मोक्तान भन्ने धन बिर वाईबालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । सुनको बिस्कुट आकारको सुन जस्तो देखिने धातु देखाई रकमको एकदमै आवश्यक परेको भनि ललाई फकाई उक्त धातु दिई १४ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं टोखा नगरपालिका-९ शिवमन्दिरस्थित एक होटलबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ५ सय ४७ ग्राम ६ सय ९० ग्राम तौलको बिष्कुट आकारको सुन जस्तो देखिने धातु, मोबाइल ३ थान, सुनको मुन्द्रा १ थान लगायतका सरसामान बरामद गरेको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ
२०८२-१२-१२

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानास्थित बिक्रम थापा मगरको घरबाट सुनको गरगहना, मोबाइल र नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-१० शेषमती बस्ने धादिङ गंगाजमुना गाउँपालिका-७ फुलखर्क घर भएका २२ वर्षीय प्रशन्न अधिकारी, काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ओखलढुंगा खिजीदेम्बा गाउँपालिका-९ घर भएका २९ वर्षीय लाक्पा शेर्पा, काठमाडौं महानगरपालिका-२६ म्हेपी बस्ने नवलपरासी पूर्व कावासोती नगरपालिका-१७ घर भएका २८ वर्षीय प्रदिप गुरूङ, रसुवा नौकुण्ड गाउँपालिका-५ घर भएका २८ वर्षीय सागर कामी र काठमाडौं महानगरपालिका-१५ न्यूरोड बस्ने भारत महारष्ट्र सोलपुर तान्दुलवाडी थाना खोरेबस्ती ग्राम घर भएका २८ वर्षीय गौरब गुणाजी मोरे रहेका छन् । गत फागुन २८ गते चोरी भएको उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न प्रशन्नलाई काठमाडौं मित्रनगरबाट, लाक्पालाई काठमाडौं कपुरधाराबाट, प्रदिपलाई काठमाडौं म्हेपीबाट, सागरलाई काठमाडौं नयाँबजारबाट र गौरबलाई काठमाडौं न्यूरोडबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २३ ग्राम ३ सय मिलिग्राम तौलको सुनका ढिक्का ३ थान र मोटरसाइकल १ थान समेत बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।