प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लिखत सम्बन्धी कसुर मुद्दामा संलग्न व्यक्ति पक्राउ

२०८३-०३-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, लिखत सम्बन्धी कसुर मुद्दामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ घर भएकी ४१ वर्षीया उषा देवी कँडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

अमेरिकी भिसा आवेदनको लागि पेश गरेको विभिन्न शैक्षिक प्रमाणपत्रहरू मध्ये एसएलसीको प्रमाणपत्र नक्कली रहेको भनी नेपालस्थित अमेरिकी दुतावासको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८३-०४-२५

काठमाडौं महानगरपालिका-२६ बाट स्रोत नखुलेको नगद १९ लाख ९४ हजार रूपैयाँ सहित सोही महानगरपालिका-१० बानेश्वर बस्ने स्याङ्जा वालिङ नगरपालिका-६ घर भएका ४१ वर्षीय ईश्वर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त दरबार्मार्गबाट खटिएको प्रहरीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२-०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२८ कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ४ लाख ८ हजार रूपैयाँ सहित कठमाडौं कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लुटपाटमा संलग्न चार जना पक्राउ
२०८३-०४-२५

काठमाडौं,  लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-५ घर भएका ३१ वर्षीय चुरन मगर, तनहुँ शुक्लागण्डकी नगरपालिका-५ घर भएका ३३ वर्षीय राज कुमार गुरूङ, महोत्तरी बर्दिबास नगरपालिका-३ घर भएका ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप, रामेछाप नगरपालिका-५ घर भएका ३१ वर्षीय बिजय बाबु घिसिङ रहेका छन् ।  काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट शुक्रबार दिउँसो नगद तथा मोबाइल लुटपाट भएको घटनामा संलग्न उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार ९६ रूपैयाँ, मोबाइल ७ थान , ताल्चा १ थान र हेक्साँ ब्लेड १ थान बरामद गरेको छ ।उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ
२०८३-०४-२५

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा धनौजी गाउँपालिका-५ ठेगाना भएका मो. ताहिर राईन पक्राउ परेका छन् । एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार बिहान नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८३ साउन १२ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।