प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

यएईस्थित विभिन्न कलेजमा अध्ययन गर्न पठाई ठगी गर्ने कन्सन्टेल्सीका संचालकहरू पक्राउ

२०८३-०३-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, युएईस्थित विभिन्न कलेजमा अध्ययन गर्न पठाई ठगी गरेको अभियोगमा ९ जना कन्सन्टेल्सीका संचालकहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं डिल्लीबजारस्थित Eduport Pvt. Ltd. कन्सल्टेन्सीका संचालकहरू गोकर्णेश्वर नगरपालिका-८ माकलबारी घर भएका ४० वर्षीय रूपक कोईराला, कास्की घर भएका ३७ वर्षीय राजेश भण्डारी, बारा घर भएका ३७ वर्षीय सन्तोष खतिवडा, काठमाडौं पुतलीसडकस्थित Westford Education Pvt. Ltd.  कन्सल्टेन्सीका संचालक काठमाडौं चावहिल बस्ने चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ), काठमाडौं बानेश्वरस्थित प्रोप एभिएसन प्रा.लि. कन्सल्टेन्सीका संचालकहरू ललितपुर पाक्साटोल बस्ने ३८ वर्षीय सुरेन्द्र महर्जन, सर्लाही घर भएका ३५ वर्षीय दिवस पोखरेल,  सिराहा घर भएका २६ वर्षीय मनित आचार्य, धनकुटा घर भएका ३९ वर्षीय शेखर पाण्डे र काठमाडौं कालिमाटीस्थित एस्पायर ग्लोवल प्रा.लि. कन्सल्टेन्सीका संचालक सुनसरी घर भएका २७ वर्षीय बिशाल चापागाई रहेका छन् । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले काठमाडौंस्थित विभिन्न स्थानमा कन्सल्टेन्सी संचालन गरी नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा हासिलका लागि युएईमा संचालित शैक्षिक संस्थाहरूलाई अनुमति दिने आधिकारिक, उच्च शिक्षा मन्त्रालय अन्तर्गतको निकाय MOHESR/ Commission for Academic Accreditation (CAA) बाट समेत स्वीकृति नलिएको कलेजमा अध्ययन गराउन पठाई सो अध्ययन मार्फत फ्रान्स तथा अष्ट्रेलिया लगायतका मुलुकका विश्वविद्यालयहरूबाट मान्यता प्राप्त कलेजमा Credit Transfer समेत हुने भनी झुक्यानमा पारी ठगी गरेको खुल्न आएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८३-०४-२५

काठमाडौं महानगरपालिका-२६ बाट स्रोत नखुलेको नगद १९ लाख ९४ हजार रूपैयाँ सहित सोही महानगरपालिका-१० बानेश्वर बस्ने स्याङ्जा वालिङ नगरपालिका-६ घर भएका ४१ वर्षीय ईश्वर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त दरबार्मार्गबाट खटिएको प्रहरीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२-०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२८ कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ४ लाख ८ हजार रूपैयाँ सहित कठमाडौं कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लुटपाटमा संलग्न चार जना पक्राउ
२०८३-०४-२५

काठमाडौं,  लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-५ घर भएका ३१ वर्षीय चुरन मगर, तनहुँ शुक्लागण्डकी नगरपालिका-५ घर भएका ३३ वर्षीय राज कुमार गुरूङ, महोत्तरी बर्दिबास नगरपालिका-३ घर भएका ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप, रामेछाप नगरपालिका-५ घर भएका ३१ वर्षीय बिजय बाबु घिसिङ रहेका छन् ।  काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट शुक्रबार दिउँसो नगद तथा मोबाइल लुटपाट भएको घटनामा संलग्न उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार ९६ रूपैयाँ, मोबाइल ७ थान , ताल्चा १ थान र हेक्साँ ब्लेड १ थान बरामद गरेको छ ।उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ
२०८३-०४-२५

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा धनौजी गाउँपालिका-५ ठेगाना भएका मो. ताहिर राईन पक्राउ परेका छन् । एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार बिहान नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८३ साउन १२ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।