इमेलमा अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०३-२९
- A
- A-
- A+
काठमाडौं, इमेलमा अश्लील म्यासेज पठाई महिलाको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-५ घर भएका ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पीडित महिलाको इमेलमा बारम्बार अश्लील तथा अपमानजनक म्यासेज पठाई दु:ख हैरानी, मानसिक तनाब दिने कार्य गर्ने गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न सुरेन्द्रलाई काठमाडौं महानगरपालिका-२७ बाट पक्राउ गरेको हो ।
उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।