जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३१
- A
- A-
- A+
पर्सा, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-९ बस्ने रोहण केशरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साबाट २०८१ असार २३ गते उक्त मुद्दामा ७ वर्ष कैद र ३ लाख ३७ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ एयरपोर्ट गोल्डेन गेट अगाडिबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।