जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-०३
- A
- A-
- A+
बाँके, ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
लक्ष्मणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बनकटवा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।