प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

श्रृंखलावद्ध रूपमा भएका चोरीका घटनामा संलग्न ९ जना पक्राउ

२०८३-०४-०३

  • A
  • A-
  • A+
Share

कास्की, श्रृंखलावद्ध रूपमा भएका चोरीका घटनामा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर अशोकपुर (सतहा) विशेषरगंज बस्ती घर भएका २३ वर्षीय राहुल निषाद, चीन Guizhou घर भएका ३० वर्षीय Wen Jie, चीन Shandong घर भएका ३७ वर्षिय Wang Lianyin, स्याङ्जा घर भएका ४२ वर्षीय राजकुमार विक, कास्की घर भएका ५० वर्षीय राजु केसी भन्ने खिम बहादुर क्षेत्री, ५१ वर्षीय केशब पाइजा मगर, अर्घाखाँची घर भएका २९ वर्षीय अशोक पोख्रेल, भारत महाराष्ट्र सोलापुर घर भएका ४० वर्षीय सोमनाथ हनुमंत जाधव र बागलुङ घर भएका २७ वर्षीय अनिल विक रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले गत असार ४ गते पोखरा महानगरपालिका-१७ छोरेपाटनस्थित शिव प्रसाद बरालको घरबाट सुनको गहना, नगद १ लाख ५० हजार रूपैयाँ, ल्यापटप १ थान र मोबाइल १ थान, गत असार १४ गते सोही महानगरपलिका-१८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला बराबरका सुनका गरगहना र नगद ७० हजार रूपैयाँ चोरी गरेको खुल्न आएको छ । यसैगरी उनीहरूले असार १५ गते सोही महानगरपालिका-१८ भकुण्डेस्थित गिरीधरी श्रेष्ठको घरबाट १ तोला ५४ लाल बराबरको सुनका गरगहना र मोबाइल २ थान, असार २३ गते सोही महानगरपालिका-८ ज्ञानकुन्ज मार्गस्थित Mohsen Khatami को कोठाबाट मोबाइल १ थान र नगद २५ हजार रूपैयाँ र सोही महानगरपालिका-६ लेकसाईडस्थित हिरामणी लामिछानेको घरबाट मोबाइल १ थान लगायतका सामानहरू चोरी गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।  

  प्रहरीले उनीहरूको साथबाट सुनको ढिक्का ५ थान, सुनको टुक्राहरू ५ थान, नगद २ लाख १ हजार २ सय २० रूपैयाँ, मोबाइल ९ थान, स्मार्ट घडी १ थान, ल्यापटप १ थान लगायतका सामानहरू समेत बरामद गरेको छ । 

उनीहरू उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८३-०४-२५

काठमाडौं महानगरपालिका-२६ बाट स्रोत नखुलेको नगद १९ लाख ९४ हजार रूपैयाँ सहित सोही महानगरपालिका-१० बानेश्वर बस्ने स्याङ्जा वालिङ नगरपालिका-६ घर भएका ४१ वर्षीय ईश्वर थापालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त दरबार्मार्गबाट खटिएको प्रहरीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२-०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२८ कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ४ लाख ८ हजार रूपैयाँ सहित कठमाडौं कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लुटपाटमा संलग्न चार जना पक्राउ
२०८३-०४-२५

काठमाडौं,  लुटपाटमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-५ घर भएका ३१ वर्षीय चुरन मगर, तनहुँ शुक्लागण्डकी नगरपालिका-५ घर भएका ३३ वर्षीय राज कुमार गुरूङ, महोत्तरी बर्दिबास नगरपालिका-३ घर भएका ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप, रामेछाप नगरपालिका-५ घर भएका ३१ वर्षीय बिजय बाबु घिसिङ रहेका छन् ।  काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट शुक्रबार दिउँसो नगद तथा मोबाइल लुटपाट भएको घटनामा संलग्न उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार ९६ रूपैयाँ, मोबाइल ७ थान , ताल्चा १ थान र हेक्साँ ब्लेड १ थान बरामद गरेको छ ।उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ
२०८३-०४-२५

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा धनौजी गाउँपालिका-५ ठेगाना भएका मो. ताहिर राईन पक्राउ परेका छन् । एनसिबि कतार दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार बिहान नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८३ साउन १२ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।