जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-०४
- A
- A-
- A+
म्याग्दी, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका-५ देविस्थान पन्थुक बस्ने २२ वर्षीय बिकल विकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिकलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मुनाताकमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।