"सत्य, सेवा सुरक्षणम्"
काठमाडौं, काभ्रेपलाञ्चोक घर भई ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को डेरा गरी बस्ने २७ वर्षीया सुमित्रा तामाङको कोठाबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर ठिमि नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ४२ वर्षीय भुवन श्रेष्ठ र चितवन घर भई काठमाडौं महानगरपालिका-१३ बाफलस्थित सुनचाँदी पसल गरी बस्ने ५६ वर्षीय राजकुमार बिश्वकर्मा रहेका छन् । सुमित्राको कोठाबाट गत मंसिर १८ गते नगद, गरगहना तथा महत्वपूर्ण कागजपत्र समेत चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं बाफलबाट चोरी भएका विभिन्न सामानहरूसहित पक्राउ गरेको हो । उनीहरूको साथबाट चोरीमा प्रयोग भएको बा.९६ प ५५४४ नम्बरको स्कुटर १ थान, झोला १ थान, स्वरुप परिवर्तन गरीएको सुन ७५ लाल, बुद्धचित्त जस्तो देखिने गोलो दाना १४ थान लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
काठमाडौं, मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको अवस्थामा काठमाडौं महानगररपालिका-१४ कलंकीबाट २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका-७ हसनटार डेरा गरी बस्ने २० वर्षीय किरन तामाङ र चन्द्रागिरी नगरपालिका दहचोक डेरा गरी बस्ने १८ वर्षीय किशोर रहेका छन् । दुवैजना धादिङ गजुरी गाउँपालिका-८ किरनचौरका हुन् । कलंकीस्थित सडकमा मोटरसाइकल चोरी गरी नम्बरप्लेट परिवर्तन गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई बा.प्र ०२-०४० प ६३८१ नम्बर तथा बा.प्र ०२-०४७ प ११८३ नम्बरका २ थान मोटरसाइकल र चोरी गर्न प्रयोग गर्ने सामानसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बर्दिया, ठाकुरबाबा नगरपालिका-९ ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिर परिसर भित्रबाट चोरी गरेको १ किलोग्राम तौल बराबरको ठूलो सालिग्राम १ थान, ३ सय ग्राम बराबरको सालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थानसहित सोही नगरपालिका-९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र बिकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त मन्दिरमा चोरी भएको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा चोरी गरेका उक्त सामान फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा १३ लाख ५० हजार रूपैयाँ चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ पक्राउ छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-८ तलगंगा बस्ने भारत बिहार घर भएका २१ वर्षीय कृष्ण पोदार, भारत मोतीहारी राजापुर घर भएका १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र नागार्जुन नगरपालिका-६ सितापाईला घर भएका ३० वर्षीय बिक्रम गर्तौला रहेका छन् । काठमाडौं महानगरपालिका-९ गौशला बस्ने बाल कृष्ण श्रेष्ठको घरबाट गत कात्तिक ५ गते राति उक्त गरगहना तथा नगद चोरी गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप कारवाही तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।
बारा, चोरीका विभिन्न समानहरुसहित महागढीमाई नगरपालिका-५ बगडमपुर बस्ने १३ वर्षीय, १२ वर्षीय ३ जना, १० वर्षीय र भारत पूर्वी चम्पारण बस्ने १४ वर्षीय गरी ६ जना किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महागढीमाई नगरपालिका-५ बगडमपुर बस्ने नरेन्द्र जैसवालको घरमा शनिबार दिउँसो चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गंजभवानिपुरबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धानको क्रममा उनीहरुलाई सिक्री १ थान, सिक्का १४ थान, ढीका १ थान, औठी १ थान, बिन्दिया १४ थान, लकेट २ थान, कानको रिङ ४ थान, फुली ४ थान, क्यामेरा १ थान, मोबाईल १ थान, पित्तलको कचौरा १ थान र पाएल १३ थान लुकाइ राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कास्की, चोरी गरेको अभियोगमा नगद २ हजार नेपाली रुपैयाँ र ७ हजार ३ सय ९० बंगलादेशी टाकासहित पोखरा महानगरपालिका-२८ देउमारी बस्ने १९ वर्षीय विशाल जिसी समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित बंगलादेशी नागरिकको जेसिसि रिसोर्टको कोठाबाट नगद ७५ हजार नेपाली रुपैयाँ, ३० हजार बंगलादेशी टाका र २ सय अमेरिकी डलर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खोजी तथा अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, चोरी मुद्दाका फरार प्रतिवादी सल्यान कुमाख गाउँपालिका-४ वस्नेतज्यूला घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बौद्ध नयाँबस्ती बस्ने २९ वर्षीय जीवन बुढाथोकीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७३ माघ ७ गतेको फैसलाले रहजनी चोरी मुद्दामा २ महिना कैद र २ लाख १४ हजार २६ रूपैयाँ जरिवाना ठहर भएकोमा २५ दिन कैद भुक्तान गरी सकेको तथा जरिवाना र बाँकी कैद १ महिना ५ दिन भुक्तान गर्ने बाँकी रही फरार रहेका उनलाई कठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौं बबरमहलमा उपस्थित गराइएको छ ।
काठमाडौं, कागेश्वर मनोहरा नगरपालिका-१ गागलफेदी बस्ने प्रहरी नायव निरीक्षक प्रभाकर खड्काको घरबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र सोको गोली ७ राउण्ड चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली गोलन्जार गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नारायणटार डेरा गरी बस्ने २४ वर्षीय मेघ बहादुर तामाङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-४ घर भई काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ डेरा गरी बस्ने २४ वर्षीय बासुदेव थामी रहेका छन् । प्रहरी नायव निरीक्षक खड्काको घरबाट गत असार ३१ गते राति उक्त हतियार चोरी भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धानको क्रममा तामाङको डेरा कोठाबाट उक्त हतियार, मोबाइल ५ थान र नगद ६० हजार रुपैयाँसहित तामाङलाई पक्राउ गरेको र थप अनुसन्धानको क्रममा उनकै भान्जा पर्ने थामीले उक्त हतियार राख्न दिएको खुल्न आएपछि थामीलाई समेत तारकेश्वर फुटुङबाट पक्राउ गरेको हो । उनीहरूउपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
काठमाडौं महानगरपालिका-१५ स्वयम्भू नयाँबस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती चोरी गरेको अभियोगमा सोही महानगरपालिका-१७ ढल्कु पोडेटोल बस्ने दोलखा भिमसेनथान घर भएकी तेस्रो लिङ्गी २८ वर्षीया कुमारी तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । गत माघ १६ गते उक्त मूर्ती चोरी भएको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तामाङको कोठा तलासी गर्ने क्रममा सो मन्दिरबाट चोरी भएको सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती १ थान, विभिन्न देवी देवताको आकृती भएको ढुंगाको मूर्ती २४ थान, धातुको मूर्ती २९ थान र धातुको त्रिशुल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कास्की, बृद्धा महिलाहरूलाई ललाई फकाई २७ लाख २ हजार ५८ रूपैयाँ मूल्य बराबरको सुनका गहना चोरी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका-६ घर भई कास्की पोखरा महानगरपालिका-४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पोखरा बजारका विभिन्न स्थानका घरमा परिवारका सदस्यहरू नभएको मौका पारी बृद्धा महिलालाई ललाई फकाई गरी भुलाई बृद्धाहरूले घाँटी तथा कानमा लगाएका र घर कोठामा राखेका विभिन्न गहना र नगद रुपैयाँहरू चोरी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न श्रेष्ठलाई चोरी भएका धनमाल मध्ये तिलहरि १ थान, औंठी १ थान, फूली १ थान, सिक्री, वाला, औँठी, मोबाइलको साथै चोरी गर्दा लगाएको कपडा सहित पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धि मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
रोल्पा, चोरीमा संलग्न रहेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका-१२ हापुर बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रुन्टिगढी गाउँपालिका-५ हापखोलास्थित विवाहमा आएका ती किशोरले सोही विवाहमा आएकी एक महिलाको घाँटीमा लाएको तिलहरी चुडाई लिएको र दुलहाले चार्जमा राखेको रेडमी कम्पनीको मोबाइल समेत लिई भागेको भन्ने खबर प्राप्त हुनासाथ उनको खोजी गर्ने क्रममा प्रहरी चौकी दुईखोली दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै सोधपुछको लागि ती किशोरको मामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ललितपुर, पठाओ राईडर काठमाडौं बस्ने २५ वर्षीय प्रबिन राईको प्रदेश ०२-०१-००१ प ११६६ नम्बरको मोटरसाइकल, सोही मोटरसाइकलको ब्लु बुक र १ थान मोबाइल समेतका धनमाल लुटपाट भएको घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर-२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका-२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका-३ घर भएका २६ वर्षीय मिनराज राई रहेका छन् । कोटेश्वरबाट धापाखेल लगिदिन भनि सुमनले शनिबार राति प्रबिनलाई अनुरोध गरेपछि प्रबिनले आफ्नो मोटरसाइकलमा राखी कोटेश्वरबाट धापाखेलस्थित आँखिदहमा पुर्याउँदा सोही स्थानमा पर्खि रहेका मिनराज समेतले प्रबिनलाई कुटपिट गरी हात खुट्टा समेत बाधी पीडितको उक्त मोटरसाइकल लगायतका धनमाल लुटपाट गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट र महानगरीय प्रहरी परिसरबाट खटिएको संयुक्त प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई काठमाडौं बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुम नजिकैबाट लुटपाट भएका सामान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
झापा, मोबाइल तथा सुनका गहना चोरी गरेको अभियोगमा विर्तामोड नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर र सुनसरी धरान उपमहानगरपालिका-२२ पाँचकन्या बस्ने २८ वर्षीय मन कुमार बिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । किशोरलाई मेचीनगर नगरपालिका-१० नन्दा पेट्रोल पम्प र बिकलाई मेचीनगर नगरपालिका-९ खुट्टेडाँगीबाट प्रहरीले पक्राउ गरेको हो । मेचीनगर नगरपालिका-९ मागुरमाडी बस्ने माधवप्रसाद घिमिरेको घरबाट १ थान मोबाइल, संगीता लिम्बुको घरबाट १ थान मोबाइल र झुमादेवी ढुंगाना आचार्यको घरमा पाहुना आएकी अर्जुनधारा नगरपालिका-११ बस्ने शोभादेवी ढुंगानाको सुनका विभिन्न गहना चोरी भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा उनीहरूलाई ३ थान औंठी, १ थान पञ्चरत्न बाला, २ थान टप, १ थान माइली तिलहरी र २ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कास्की,बालिकाहरुले कानमा लगाएको करिब १ तोला ९५ लाल बराबरको ५ जोर सुनको मुन्द्रा लुटपाट गरेको अभियोगमा पोखरा महानगरपालिका-१४ बस्ने स्याङ्जा घर भएकी २४ वर्षीया अम्बिका पुलामी मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विभिन्न मिति र समयमा मगरले खानेकुरा खान दिई ललाई फकाई ५ जना बालिकाहरुको उक्त मुन्द्रा लुटपाट गरी फरार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा लुटपाट गरेको उक्त मुन्द्रा र ग.१५ प ६७८८ नम्बरको स्कुटर सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पर्सा, वीरगञ्ज महानगरपालिका-५ गणेशमान चोकको छेउमा पार्किङ गरी राखेको ना.४८प ५१०९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही महानगरपालिका-५ बस्ने २५ वर्षीय सोनालाल मुखियालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-५ बस्ने २० वर्षीय रोशन साहको मोटरसाइकल उक्त चोक छेउमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त मोटरसाइकल चलाइरहेको अवस्थामा फेला पारी सोही महानगरपालिका-१९ विन्दवासिनी चोकबाट मुखियालाई पक्राउ गरेको हो । उनी उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१६ बाबा होटलको प्यासेजभित्र पार्किङ गरी राखिएको बीआर २२ एटी ९३२६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई सोही महानगरपालिका-१६ भानुचोकबाट मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१५ ठेगाना भएका २२ वर्षीय कैलाश महत्तो, बारा कलैया उपमहानगरपालिका-४ ठेगाना भएका २२ वर्षीय विनयराज शर्मा र फेटा गाउँपालिका-३ ठेगाना भएका २० वर्षीय रविन कुमार साह रहेका छन् । भारत विहार भटकौल सक्रौल-९ बस्ने ६५ वर्षीय अरुण कुमार चौरसियाले कात्तिक १२ गते उक्त होटलको प्यासेजभित्र पार्किङ गरी राखेको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चोरी भएको उक्त मोटरसाइकलमा बा.८२ प ६४६० नम्बरको नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।