प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
None - कार्यालय प्रमुखहरु


प्र.नि. कार्यालय प्रमुख रहि प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय रहदाका प्रमुखहरुको नामावली

सि.नंदर्जानामकार्यालय रहेको स्थानकार्यकालकै.
प्र.नि.दुर्गा बहादुर गुरुङ्गप्रहरी प्रधान कार्यालय२०६४।०९।०९२०६६।०१।२३ 
प्र.निरबिराज खड्काप्रहरी प्रधान कार्यालय२०६६।०१।२४२०६६।०८।२३ 
प्र.निदुर्गा बहादुर गुरुङ्गप्रहरी प्रधान कार्यालय२०६६।०८।२३२०६६।११।८ 
प्र.निश्याम प्रसाद पौडेलप्रहरी प्रधान कार्यालय२०६६।११।०९२०६७।०२।२६ 
प्र.निराजन भुजेलप्रहरी प्रधान कार्यालय२०६७।०२।२७२०६७।१०।१६ 

प्र.ब.उ. कार्यालय प्रमुख रहि प्रहरी प्रधान कार्यालयमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय रहदाका प्रमुखहरुको नामावली

सि.नंदर्जानामकार्यालय रहेको स्थानकार्यकालकै.
प्र.ब.उ.सुरेश कुमार के.सी.प्रहरी प्रधान कार्यालय२०६७।१०।२७२०६८।०१।१८ 
प्र.ब.उमधु प्रसाद पुडासैनिप्रहरी प्रधान कार्यालय२०६८।०१।१९२०६९।१०।१० 
प्र.ब.उघना नन्द भट्टप्रहरी प्रधान कार्यालय२०६९।१०।११२०७१।१०।०२ 

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीमा स्थानान्तरण भए पश्‍चात कार्यालय प्रमुखहरुको नामावली

सि.नंदर्जा नामकार्यालय रहेको स्थानकार्यकालफोटो
प्र.ब.उ.बिक्रम सिंह थापाजर्गाह नवलपरासी२०७१।१०।२१२०७२।०६।२४


प्र.ब.उदिनेश अमात्यजर्गाह, नवलपरासी२०७२।०६।२५२०७३।१०।१२


प्र.ब.उसुरेश बिक्रम शाहजर्गाह, नवलपरासी२०७३।१०।१३२०७४।०४।१९


प्र.ब.उप्रधुम्न कुमार कार्कीजर्गाह, नवलपरासी२०७४।०४।३२२०७५।०५।०३


प्र.ब.उनल प्रसाद उपाध्यायजर्गाह, नवलपरासी२०७५।०५।०४२०७६।०५।२०


प्र.ब.उबसन्त बहादुर कुंवरजर्गाह, नवलपरासी२०७५।०५।२२२०७७/०८/०९


प्र.ब.उ.कुबेर कडायतजर्गाह, नवलपरासी२०७७/०८/१८२०७८/०९/२६


८.प्र.ब.उ.मसऊद आलम खाँजर्गाह,नवलपरासी२०७८/१०/०३२०७९/०१/०९


९.प्र.ब.उ.मधुसुदन लुईटेल
जर्गाह, नवलपरासी
२०७९/०१/१४
२०८०/०१/०५


१०.प्र.ब.उ.भोला बहादुर रावलजर्गाह, नवलपरासी२०८०/०१/१४हाल सम्म


ने.प्र.यु.ता.म.वि.को पोसाक

कार्यालय पोसाक (औपचारीक कार्यक्रममा)




प्रतिकहरु:

कुम ब्याज

-चुस्ताको बायाँपट्टिको कुममा ने.प्र.यु.ता.म.बि.मा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुले लगाउने ।



कमाण्डो ब्याज

           कम्तिमा ९० कार्य दिन अवधिको कमाण्डो प्रकृतिका तालिम प्राप्त प्रहरी कर्मचारीहरुले सम्पन्न गरेको कठिन तालिमको सम्मान एबं ब्यबसायिक पहिचानको लागि छुट्टै निम्‍न अनुसारको बिशेषता भएको ब्याज प्रयोग गर्न पाउने छन् ।

आकार: ७ से.मि. x ५ से.मि. को रहने छ ।


ब्याजमा रहेको चिन्ह तथा आकृति:

  • आकाशे निलो रंगको पृष्ठभुमिमा पखेटा फिजाएको कालो तथा खरानी रंगको चिलको आकृति रहने छ ।
  • चीलको आकृतिको पृष्ठभुमिको बिच भागमा पहेंलो रङको धानको बाला भित्र सेतो रंगको खुकुरी डण्डा क्रश तथा उक्त खुकुरी डण्डा क्रशको माथिल्लो भागमा रातो रंगको राष्ट्रिय झण्डा भएको नेपाल प्रहरीको मोनोग्राम रहनेछ ।
  • नेपाल प्रहरीको मोनोग्राम भन्दा मुनिको भागमा माथि तर्फ फर्किएको अर्ध चन्द्रमा आकारको ३ से.मि. लामो ०.७५ से.मि. चौडाइ भएको रातो रंगको पृष्ठभुमिमा ०.५० सेमि आकारको पहेलो रंगले अंग्रेजी अक्षरको क्यापिटल फन्टले COMMANDO लेखिएको हुन्छ ।
  • उक्त ब्याजको सबै किनारामा पहेलो रंगले ईन्टरलक गरिएको हुनेछ ।


चिन्ह, आकृति तथा रंगहरुको अर्थ एवं बिशेषताहरु:

  • आकाशे निलो रंग: शान्तिको प्रतिकको रुपमा लिइएको ।
  • चिल: तृक्ष्ण दृष्टि भएको, साहसीक, द्रुत, छिटो, छरितो एवं फुर्तिलो साथै दृढ ईरादा भएको शक्तिशाली चराको रुपमा मानिने हुनाले उक्त चरालाई प्रतिकको रुपमा लिइएको ।
  • प्रहरी मोनोग्राम: नेपाल राष्ट्र र नेपाल प्रहरी संगठन प्रति निष्ठवान तथा समर्पितको रुपमा लिइएको ।
  • रातो रंग: जटिल र कठिन परिस्थितिमा समेत कार्य सम्पादन गर्न सक्ने क्षमताको प्रतिकको रुपमा लिइएको ।
  • पहेंलो रंग: सकारात्मक, सम्बृद्धि तथा शक्तिवान प्रतिकको रुपमा लिइएको ।


 प्रयोग गर्ने ठांउ: चुस्ता, डांग्रि, तथा बर्किङ ड्रेशको दाहिने कुमको बिच भागमा ४ से.मि. मुनि राखिने छ ।


प्राचार्य ज्यूको सन्देश:

              नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयको वेब-पेजमा यस महाविद्यालयको प्राचार्यको हैसियतले स्वागत गर्न पाउँदा निकै हर्सित छु । देशमा शान्ति, सु-व्यवस्था अमन चयन कायम राख्‍न तथा कानुनको प्रभावकारी कार्यान्वयन द्वारा सुशासन तथा अपराध मुक्त समाजको निर्माणमा सदैव क्रियासिल नेपाल प्रहरी संगठनका प्रहरी कर्मचारीहरुलाई विशेष प्रकृतिका तालिमहरु संचालन गर्ने प्रशिक्षण निकायको अभावलाई पुर्ति गर्न नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयको स्थापना भए अनुरुप सोही उद्देश्य पुरा गर्न यस प्रहरी युक्ति तालिम महाविद्यालय परिवार अहोरात्र खटिरहेका छौं ।


            छोटो समयमा नै आफ्नो प्रभाव जमाउन सफल नेपाल प्रहरीको एकमात्र युक्ति प्रकृतिको तालिम सञ्चालन गर्ने निकायको रुपमा स्थापित यस संस्था स्थापनाको करिब ८ बर्ष पछि नवलपरासि स्थित जर्गाहामा स्थानान्तरण भए पश्चात मात्र तालिम सम्बन्धि कार्यक्रमहरु संचालन गर्न सुरुवात गरेको हो । तत्कालिन माओवादी लडाकुहरुको क्यान्टेनमेन्टको रुपमा रहेको साबिक रामनगर गा.वि.स. वडा नं. ५ हाल सुनवल नगरपालिका वडा नं.११ जर्गाह स्थित तत्कालिन माओवादी जनमुक्ति सेना नेपालको चौथो डिभिजन अन्तर्गतको बसन्त स्मृति ब्रिगेड रहेको शिविरलाई नेपाली सेनाको ब्रज दल गणले सुरक्षा दिईरहेकोमा मिति २०७१/०९/१४ गते नेपाल प्रहरीलाई हस्तान्तरण भएको हो । सो समयमा भौतिक पुर्वाधारको रुपमा टिनका टहराहरु बाहेक कुनै किसिमको पुर्बाधार तथा सुबिधाहरु थिएनन् । भौतिक पुर्बाधारको अभाबसंग कठिन संघर्ष गर्दै हामी आजको अबस्थामा आइपुगेका छौं । हामीसंग जे छ त्यही भौतिक तथा मानब संसाधनको उच्चतम प्रयोग गरेर संगठनले सुम्पेको जिम्मेवारी पुरा गर्न तथा  प्रशिक्षण कार्यमा कुनै किसिमको गुनासो नआउने गरी आफ्नो ब्यबसायिकता प्रदर्शन गर्ने कुरामा कुनै कसर बाँकी नराखेको ब्यहोरा समेत सबैमा जानकारी गराउन चाहान्छु । यस महाविद्यालयमा भौतिक निर्माण कार्यले गति लिईरहेको छ र यसमा पनि अझ प्राथमिकतामा साथ भौतिक निर्माणमा जोड दिन सकेको खण्डमा यसको प्रभाकारितामा अझ बृद्धि हुने देखिन्छ ।


          प्रहरी युक्ति तथा कारवाही प्रकृतिको विशेष तालिम संचालन गर्नको लागि रणनितिक महत्वको जमिनी अवस्थित रहेको यस ठाँउ हरेक दृष्टकोणले महत्वपुर्ण रहेको छ । यहाँ मुलुकमा हुनसक्ने सशस्‍त्र बिद्रोह, आंतककारी गतिविधि, साम्प्रदायिक दंगा, प्राकृतिक प्रकोप जस्ता गम्भिर प्रकृतिको घटनाहरुको नियन्त्रण तथा व्यबस्थापन गर्नको साथै सार्वजनिक सुरक्षा, महत्वपुर्ण स्थानको सुरक्षा,विशिष्ट व्यक्तिको सुरक्षा जस्ता विषयसँग सम्बन्धित विभिन्न तालिमहरु दिनुका साथै प्रहरी कर्मचारीहरुमा ज्ञान, सिप र कार्यक्षमता वृद्धि गर्न आवश्यक पर्ने Tactical तालिमहरु यस महाबिद्यालयमा संचालन हुँदै आएका छन । यस्ता प्रकृतिका तालिम प्राप्त प्रहरी कर्मचारीहरु सामान्य प्रहरी कार्य द्वारा नियन्त्रण तथा समाधान गर्न नसकिने गतिबिधिहरुलाइ निस्तेज पार्न सक्ने क्षमतावान हुने कुरामा दुईमत छैन।


         यस महाविद्यालयबाट उत्पादित जनशक्तिले बाहिरी कार्य क्षेत्रमा देखाएको उच्च ब्यबसायिकता र त्यसले पारेको प्रभाव तथा सकारात्मक छाप प्रति आम जनसमुदाय र प्रहरी संगठन बाटै बेलाबेलामा प्राप्त सकारात्मक पृष्ठपोषण एबं प्रशंसाले हामीलाई गर्वको अनुभब भएको छ । यसले हामीलाई अझ कार्य सम्पादनको स्तरमा बढोत्तरी गर्न प्रेरणा र हौसला मिलेको छ ।


       अन्त्यमा, समय सान्दर्भिक रुपमा तालिमहरुलाई अझ प्रभाबकारी रुपमा अगाडि बढाउन हामि निरन्तर लागि परिरहेका छौं र यसमा यहाँहरुको अमुल्य सहयोग तथा रचनात्मक सुझाब सल्लाहको आबश्यकता समेत रहेको ब्यहोरा अनुरोध गर्न चाहान्छु ।

हाम्रो वेब-पेज हेर्नु भएकोमा यहाँलाई धेरै धेरै धन्यबाद ।

Card image cap
SSP Bhola Bahadur Rawal

Principal