जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०८-०७
- A
- A-
- A+
मकवानपुर, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगर डेरा गरी बस्ने सप्तरी बिष्णुपुर गाउँपालिका-४ घर भएका ३१ वर्षीय प्रियम यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रियमले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।