प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८२-१२-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी काभ्रे धुलिखेल नगरपालिका-५ श्रीखण्डपुर महाकाली टोल बस्ने पनौती नगरपालिका-२ घर भएका ४० वर्षीय उमेश सापकोटालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत दाङबाट जबरजस्ती करणी सम्बन्धी कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-९ पँलासेबाट पक्राउ गरेको हो ।  

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ पठाइएको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०८-०१

कपिलवस्तु, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वाणगंगा नगरपालिका-११ भड्सहवा बस्ने २१ वर्षीय संजय सहनीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । संजयले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बाँके, १९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डुडुवा गाउँपालिका-५ छग्रहवा बस्ने २० वर्षीय रोहित परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रोहितले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-२८

सल्यान, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कालिमाटी गाउँपालिका-५ बस्ने १९ वर्षीय खुमराज खड्कालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । खड्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  बाँके, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया बाँसगढी नगरपालिका-२ पिपल चौतारा बस्ने २२ वर्षीय हेमन्त परियारलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । परियारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।