जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ
२०८३-०४-१४
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-४ स्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-४ देवाफुलबारी बस्ने ४० वर्षीय बिक्रम रसाइली समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ४ सय रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।