जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ
२०८३-०४-१५
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ किसिपिडी बस्ने २८ वर्षीया रूपा लम्सालको घरमा जुवातास खेलिरहेको अवस्थामा रूपा समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार १ सय २० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
बैतडी, मेलौली नगरपालिका-६ लामालेकस्थित सोही नगरपालिका-१ बस्ने ५५ वर्षीय सुरेश सिंह नायकले संचालन गरेको मेलौली होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ८ सय ५५ रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।