जुवातास खेलिरहेको अवस्थामा ४७ जना पक्राउ
२०८३-०४-१७
- A
- A-
- A+
कञ्चनपुर, भीमदत्त नगरपालिका-३ भाँसी बस्ने जगदिश भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१८ बस्ने ४० वर्षीय सुरेश चन्द समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६१ हजार ९ सय ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१४ नखिपोट बस्ने बागलुङ घर भएका ३१ वर्षीय संजय पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजय समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१४ सुम्निमा मार्गस्थित ललितपुर नखिपोट बस्ने भोजपुर घर भएका ५६ वर्षीय सुबज राईले संचालन गरेको फर्निचर पसलमा जुवातास खेलिरहेको अवस्थामा सुबज समेत २१ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ७ सय ६० रूपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-१० अष्ठभुजा पेट्रोल पम्प पछाडी तनहुँ घर भएका ३७ वर्षीय कमल बहादुर न्यौपानेले संचालन गरेको विकल्प खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा कमल बहादुर समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ५ सय १५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।