जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८३-०४-१८
- A
- A-
- A+
काभ्रे, बनेपा नगरपालिका-६ बुडोलडाँडास्थित सिन्धुपाल्चोक घर भएका २४ वर्षीय सन्तोष तिमिल्सिनाले संचालन गरेको हाईवे सेकुवा कर्नरमा जुवातास खेलिरहेको अवस्थामा सन्तोष समेत ७ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९० हजार ३ सय ४५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।