जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-२३
- A
- A-
- A+
बाँके, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया मधुवन नगरपालिका-१ बस्ने १९ वर्षीय बिशेष न्यौपानेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
बिशेषले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई बैजनाथ गाउँपालिका-५ जि गाउँबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।