स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०४-२७
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१४ कुलेश्वर फलफुल मण्डीस्थित आँचल फ्रुट सेन्टर फलफुल पसलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार ५ सय रूपैयाँ सहित पसल संचालक सोही ठाउँ डेरा गरी बस्ने पर्सा छिपहरमाई गाउँपालिका-१ घर बताउने ३३ वर्षीय जितेन्द्र साह तुरहालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप नगद ६५ लाख ५६ हजार ८ सय नेपली रूपैयाँ र ३ लाख ४ हजार ३ सय भारतीय रूपैयाँ फेला पारी बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।