चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०४-२७
- A
- A-
- A+
ललितपुर, सुन तथा चाँदीका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा गोदावरी नगरपालिका-१४ टैब बस्ने ३३ वर्षीय सुरज महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका-२८ हरिसिद्धीस्थित घरबाट सुन तथा चाँदीका गरगहना शुक्रबार चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई बा.९० प २०६४ को मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
साथै प्रहरीले उनको साथबाट सुन तथा चाँदीको जस्तो देखिने धातुका विभिन्न गरगहना समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धाको क्रममा उनले सोही दिन थप चार ठाउँ समेतमा चोरी गरेको खुल्न आएको छ ।
उनी उपर चोरी मुद्दामा जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।