स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
२०८३-०४-२७
- A
- A-
- A+
सर्लाही, ब्रहम्पुरी गाउँपालिका-२ राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको नगद ५१ लाख ३४ हजार रूपैयाँ सहित महोत्तरी गौशाला नगरपालिका-१२ बस्ने ५७ वर्षीय जगन्नाथ महतो कोईरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटर तलासी गर्दा उक्त नगद फेला पारी चालक जगन्नाथलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।