अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०५-०३
- A
- A-
- A+
कपिलवस्तु, शिवराज नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित सोही नगरपालिका-३ खरेन्द्रपुर बस्ने २४ वर्षीय अमन विश्वकर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ सिकोटवा बस्ने ५३ वर्षीया तारा तेलीलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ सय ३० ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।