जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
२०८३-०५-१२
- A
- A-
- A+
पाल्पा, तानसेन नगरपालिका-८ बस्ने ४६ वर्षीय गंगाराम विकको घरमा जुवातास खेलिरहेको अवस्थामा गंगाराम समेत ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार रूपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।