प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

२०८३-०५-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन एरियाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित भारतीय नागरिक ३६ वर्षीय फिरोज मोहमदलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले मलेसियन एयरलाईन्सबाट काठमाडौं आएका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

रूपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ७० मिलिग्राम, नियन्त्रित लागूऔषध स्पास्मो १ सय ६० ट्याब्लेट र नगद ८ हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ ठुलो पडरिया बस्ने २२ वर्षीय राजन भन्ने नसरूद्धिन फकिर र सोही नगरपालिका-२ केवटलिया बस्ने २४ वर्षीय सत्य नारायण यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले युपी ५५ ए वाई ०१९८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  

बाँके, बैजनाथ गाउँपालिका-२ गुनापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष विक र ३० वर्षीय डमर बहादुर कामी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा डमर बहादुरको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ६० मिलिग्राम र नगद ८ हजार ८ सय रूपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ । 

पर्सा, पकहाँ मैनपुर गाउँपालिका-१ बाट अवैध लागूऔषध गाँजा १ सय १४ किलो २५ ग्राम सहित धादिङ बेनीघाट रोराङ गाउँपालिका-८ बस्ने २१ वर्षीय साजन चेपाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरिया समेतबाट खटिएको प्रहरीले बा.१८ च ३६५७ नम्बरको कार तलासी गर्दा १२ वटा पोका रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक साजनलाई पक्राउ गरेको हो । 

सुनसरी, इटहरी उपमहानगरपालिका-२ संसारी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २५ ट्याब्लेट र डाइक्लोमाइन १ सय २५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-२ बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका-७ घर भएका १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

झापा, झापा गाउँपालिका-३ कामाटोलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४२ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-६ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय १० मिलिग्राम सहित सोही नगरपालिका-१३ राधाकृष्ण टोल बस्ने २३ वर्षीय बिवेक राजवंशीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-२४ धापाखेल पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ३७ वर्षीय रोशन मिजार र ललितपुर महानगरपालिका-२४ धापाखेल बस्ने ३७ वर्षीय अमित रोका रहेका छन् । प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरीले बा.८२ प ६४६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलौरी नगरपालिका-१ फटैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-३ बोराडाँडी बस्ने २३ वर्षीय नितेश रानालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फटैया समेतबाट खटिएको प्रहरीले सु.प.प्र ०१-०१२ प ७७७० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

तेह्रथुम, लालीगुराँस नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३८ ट्याब्लेट र डिकोलक ३८ ट्याब्लेट सहित धनकुटा महालक्ष्मी नगरपालिका-१ भण्डारी टोल बस्ने तेह्रथुम लालीगुराँस नगरपालिका-२ घर भएका २९ वर्षीय सुजित भण्डारीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चित्रेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३-०५-१९

 झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २६ मिलिग्राम सहित बाह्रदर्शी गाउँपालिका-७ बस्ने २७ वर्षीय सन्तोष क्षेत्रीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।  यसैगरी झापा, दमक नगरपालिका-५ यलम्बर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ३० मिलिग्राम सहित इलाम चुलाचुली गाउँपालिका-५ बस्ने ३५ वर्षीय हिरालाल विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१३ गंगापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खजुरा गाउँपालिका-१ सैनिक बस्ने २६ वर्षीय रस्मित थापा, बर्दिया बढैयाताल नगरपालिका-८ शितलाबजार बस्ने २९ वर्षीय पबन उपाध्याय र  सोही नगरपालिका-९ मैनापोखर बस्ने २७ वर्षीय शिशिर पौडेल रहेका छन् । प्रहरी चौकी तेलियपुर खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले रस्मितले प्रयोग गरेको भे.५ प २७२५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-४ जितपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल सहित रूपन्देही बुटवल उपमहानगरपालिका-२ पाखापानी बस्ने ३६ वर्षीय अमन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेर्मी समेतबाट खटिएको प्रहरीले लु.प्र.०१-००१ ह २७५० नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी ई-रिक्सामा सवार अमनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार ई-रिक्सा चालकको खोजी गरिरहेको छ ।  सुनसरी, देवानगंज गाउँपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ मेहता टोल बस्ने २० वर्षीय सन्दिप कुमार मेहतालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कप्तानगञ्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प ७८९७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२० बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ९० ट्याब्लेट सहित दुहवी नगरपालिका-२ बस्ने २० वर्षीय मो.दिलकस समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, रामधुनी नगरपालिका-५ बसपार्कस्थित चाम्लिङ होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम २ सय २० मिलिग्राम सहित हरिनगर गाउँपालिका-७ बस्ने ५२ वर्षीय मोजामिल अन्सारी समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-८ कान्तिपुर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय प्रबत चौधरी, कैलारी गाउँपालिका-५ बस्ने २० वर्षीय सुजित चौधरी र ४२ वर्षीय श्याम बहादुर चौधरी रहेका   छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ मोतिचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८०  मिलिग्राम सहित सोही उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय राधेश्याम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ५ सय १० मिलिग्राम सहित सोही नगरपालिका-५ चिसापानी बस्ने ३२ वर्षीय दिपेन्द्र बैगार समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले क.प्र.०२-००१ च ०८७६ नम्बरको स्कारपियो गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   सर्लाही, लालबन्दी नगरपालिका-८ गुम्बाटोलबाट अवैध लागूऔषध गाँजा करिब ७ सय ८५ ग्राम, नियन्त्रित लागूऔषध स्पास्मो १६ ट्याब्लेट र नाइट्राजेपाम ४ सय १० टयाब्लेट सहित सोही ठाउँ बस्ने ५६ वर्षीया दिल कुमारी गोलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
२०८३-०५-१८

सुनसरी, इटहरी उपमहानगरपालिका-४ संगित चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ ज्वालामुखी गाउँपालिका-३ बस्ने २७ वर्षीय सुवास अर्याल र सिन्धुपाल्चोक त्रिपरासुन्दरी गाउँपालिका-३ बस्ने ३७ वर्षीय बिक्रम कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-६ बिरेन्द्र चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ७० मिलिग्राम र नगद ४ हजार ९ सय रूपैयाँ सहित मोरङ सुन्दरहरैंचा नगरपालिका-७ बस्ने २८ वर्षीय अमिन चौधरी समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    मोरङ, विराटनगर महानगरपालिका-१६  हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित केराबारी गाउँपालिका-७ बस्ने ३३ वर्षीय कमल राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ नवजलजला टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१४ सिद्धार्थ टोल बस्ने १९ वर्षीय सुसान्त दर्लामी मगर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले रा.६ प ४७४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-३ बि गाउँ बस्ने २७ वर्षीय मन बहादुर थापा मगर र २७ वर्षीय प्रविण गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका-५ जगतिया बस्ने २२ वर्षीय आशिष थारू र बाँसगढी नगरपालिका-५ हंसनापुर बस्ने २४ वर्षीय आकाश थारू रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, डुडुवा गाउँपालिका-४ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका-४ बस्ने ५८ वर्षीय जिलेदार खानलाई  बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा  उक्त पदार्थ सोही ठाउँ बस्ने ४५ वर्षीय सगिर खानबाट खरिद गरेको भन्ने खुल्नासाथ सगिरलाई समेत प्रहरीले पक्राउ गरेको छ ।  यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ लोकनगर गन्धर्भ बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय पवन गन्धर्ब समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   उदयपुर, चौदण्डीगढी नगरपालिका-३ आमसालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ५४ ट्याब्लेट र डाइक्लोमाइन १ हजार ५ सय ५४ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सावन राई र सोही नगरपालिका-६ बस्ने २७ वर्षीय शुभ राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले सावनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख भगवतीमाई गाउँपालिका-३ बस्ने २१ वर्षीय दिपक बोहरा  र २५ वर्षीय बिनोद बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८३-०५-१८

धनकुटा, साँगुरीगढी गाँउपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ७३ ग्राम सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ ज्यामिरे बस्ने ४४ वर्षीय भिम बहादुर लिम्बु, २३ वर्षीय बीर बहादुर लिम्बु र सोही गाउँपालिका-४ फाक्सिब बस्ने २३ वर्षीय सागर लिम्बु रहेका छन् । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.२८ प ७२७७ नम्बर र प्र.१-०२-५८ प ६०९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित  फेला पारी पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली फोकल्याण्ड टापु बस्ने ३१ वर्षीय मनिराज भुजेललाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय १० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मनिराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।तनहुँ, बन्दीपुर गाउँपालिका-४ ठुलोढुङ्गाबाट अवैध लागूऔषध गाँजा करिब १७ किलो १ सय ५ ग्राम सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-१ बस्ने २७ वर्षीय आकाश तामाङ, काभ्रेपलान्चोक बनेपा नगरपालिका-१ बस्ने ३२ वर्षीय रुपेश पटुवा, कास्की पोखरा महानगरपालिका-२७ वागमारा बस्ने २३ वर्षीय सुशिल पोखरेल र ३२ वर्षीय कृष्ण भुसाल रहेका छन् । इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट खटिएको प्रहरीले ध.१ ज २८४ नम्बरको ट्याक्सीमा सवार उनीहरूलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-११ पुरानो बसपार्कको उत्तर गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ४० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-८ बस्ने २७ वर्षीय अर्जुन थारू समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.२ प ४४८० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८३-०५-१७

सिराहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ बस्ने २० वर्षीय रमेश कुमार साह, सोही नगरपालिका-३ बस्ने २३ वर्षीय अजय ठाकुर र सर्लाही हरिपुर्वा नगरपालिका-६ हरिपुर्वा घर भएका २४ वर्षीय राज कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार १ जनाको खोजी गरिरहेको छ ।  कास्की, पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ४४ वर्षीय जयराज सुनारलाई नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ११ एम्पुल, फेनारगन १० एम्पुल र डाइजेपाम ९ एम्पुल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   कञ्चनपुर, कृष्णपुर नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम र नगद ८ हजार १ सय ९० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय दिनेश चौधरी र कैलाली गोदावरी नगरपालिका-५ घर भएका २२ वर्षीय सुशिल चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले दिनेशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ३० मिलिग्राम र नगद ५ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने २३ वर्षीय जस्टिम सिंहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगपालिका-२० चन्द्रनगर रानीपोखरी बस्ने ४१ वर्षीय अमिर गुरूङलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौली समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ट्याब्लेट सहित पर्सा बहुदरमाई नगरपालिका-६ बस्ने ३१ वर्षीय ललन महरालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरीले वीरगंजबाट पोखरातर्फ आउँदै गरेको बा.प्र ००७ ख ०५६३ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-२० गायत्रीनगर टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२० मनिकापुर बस्ने ३० वर्षीय अकतर अली दर्जीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा २ लाख ५६ हजार ९ सय नेपाली रूपैयाँ र ५० हजार भारतीय रूपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ । साथै प्रहरीले सोही ठाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१३ भरैया बस्ने २७ वर्षीय दिपक थारूलाई समेत पक्राउ गरेको छ ।   पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२ बस्ने १९ वर्षीय दिपक यादव र सोही उपमहानगरपालिका-४ बस्ने १९ वर्षीय दिपक ठाकुर रहेका छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध गाँजा १७ किलो १ सय ४० ग्राम सहित भारत सुपौल पञ्चायत फत्तेपुर-१ बस्ने २१ वर्षीय दिपक कुमार पोदारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले मधुवनबाट लौकहीतर्फ आउँदै गरेको ना.६० प ५३९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, दुहबी नगरपालिका-११ नहर चोकबाट अवैध लागूऔषध गाँजा २८ किलोग्राम सहित देवानगंज गाउँपालिका-३ बस्ने २३ वर्षीय एम.डी. जावेद मियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय  दुहबी समेतबाट खटिएको प्रहरीले नहर चोकबाट शुक्रबारेतर्फ जाँदै गरेको को.२१ प ७९८० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८३-०५-१६

रूकुम पूर्व, सिस्ने गाउँपालिका-६ खोपिचारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १६ ग्राम ७ सय ८० मिलिग्राम सहित डोल्पा त्रिपुरासुन्दरी नगरपालिका-५ लाहा बस्ने ४१ वर्षीय मोति बहादुर रोकायलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट खोपिचारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१६ पुर्बेली दमार बस्ने २१ वर्षीय रंजन भोम्जनलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार ८ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४५ ट्याब्लेट सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै उनले प्रयोग गर्ने बा.३१ प ७१९२ नम्बर र बा.८४ प ६०७० नम्बरको मोटरसाइकलहरू समेत प्रहरीले बरामद गरेको छ ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ८० मिलिग्राम सहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-३ बडारा बस्ने बर्दगोरिया गाउँपालिका-६ घर भएका २४ वर्षीय निराजन डगौरा, धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने डोटी जोरायल गाउँपालिका-५ घर भएका २३ वर्षीय सुरज नेपाली र धनगढी उपमहानगरपालिका-३ बस्ने भारत पलिया घर भएका १९ वर्षीय दिनेश गुप्ता रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।