जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-२२
- A
- A-
- A+
पर्सा, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी छिपहरमाई गाउँपालिका-४ तुलसी वर्वा बस्ने ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेलीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा १० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय भिष्वा बञ्जारीबाट खटिएको प्रहरीले सोही गाउँपालिका-४ तुलसी वर्वाबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।