स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०५-२३
- A
- A-
- A+
नवलपरासी पश्चिम, प्रतापपुर गाउँपालिका-९ बेलाटारीबाट स्रोत नखुलेको नगद २१ लाख ६० हजार रूपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-६ गुठीप्रसौनी बस्ने २५ वर्षीय अंकित गुप्ता र २० वर्षीय अभिनन्दन गुप्ता रहेका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले यूपी ५६ बीएच ६५५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।