प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली टिकटक आइडी बनाई अनलाईन ठगीमा संलग्न तीन जना पक्राउ

२०८३-०५-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, नक्कली टिकटक आइडी बनाई अनलाईन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने सर्लाही लालबन्दी नगरपालिका-५ घर भएका २१ वर्षीय सन्दिप कुमार सिंह कुशुवाह, सप्तरी राजविराज नगरपालिका-९ घर भएका २१ वर्षीय सुमित दास र काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने महोत्तरी गौशाला नगरपालिका-५ घर भएका २२ वर्षीय दिपुश सिंह रहेका छन् । 

उनीहरूले CERTIFIED EV SELLER प्रोफाइल नामको फेक टिकटकबाट सस्तो दरमा ईभी स्कुटर, मोटरसाइकलको  विभिन्न पार्टसहरू घरमै पुऱ्याई दिने भनी विज्ञापन पोष्ट गरी अग्रिम भुक्तानीको लागि रकम पठाउन प्राप्त गरेको पश्‍चात सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्राहरू सहित एक जना पक्राउ
२०८३-०६-२१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्राहरू सहित चिनियाँ नागरिक ७२ वर्षीय SUOLANG लाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले क्याथे प्यासिफिक एयरद्वारा काठमाडौंबाट हङकङतर्फ जान लागेका उनको साथबाट नेपाली रूपैयाँ ११ लाख ८६ हजार, चिनियाँ युआन ५२ हजार १ सय ९०, अमेरिकी डलर ५ हजार ९ सय ६५, युरो २ हजार ६०, अष्ट्रेलियन डलर ५० र हङकङ डलर ४९ हजार ५ सय ९० फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०६-२१

काठमाडौं,  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-१ घर भएका ३३ वर्षीय कविराज चौलागाई, काठमाडौं महानगरपालिका-१२ बस्ने सुनसरी इनरूवा नगरपालिका-१ घर भएका ३४ वर्षीय गोपाल भण्डारी, ललितपुर ललितपुर महानगरपालिका-१४ बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका-५ घर भएका २९ वर्षीय गोविन्द घिमिरे र महालक्ष्मी नगरपालिका-५ बस्ने उदयपुर बेलका नगरपालिका-३ घर भएका २८ वर्षीय रूपेश माल रहेका छन् । पक्राउ मध्ये कविराजले इटाली पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, गोपालले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, गोविन्दले कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ४५ हजार रूपैयाँ र रूपेशले स्विडेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कविराजलाई काठमाडौं महानगरपालिका-१२ बाट, गोपाललाई काठमाडौं महानगरपालिका-१० बाट र गोविन्दलाई ललितपुर ललितपुर महानगरपालिका-१४ बाट सोमबार तथा रूपेशलाई महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रा सहित तीन जना पक्राउ
२०८३-०६-२०

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ सोह्रखुट्टेबाट करिब १ सय ४० ग्राम तौलको संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहार १ थान सहित नवलपरासी पश्‍चिम प्रतापपुर गाउँपालिका-१ सिसनिया घर बताउने ३१ वर्षीय योगेन्द्र प्रसाद चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको   हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ । सिन्धुली, कमलामाई नगरपालिका-१४ तल्लो रानीबास क्षेत्रबाट करिब ६ किलोग्राम तौलको संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार १ थान सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने ६० वर्षीय सोम बहादुर माझी भन्ने पोरे माझी र महोत्तरी बर्दिबास नगरपालिका-५ बस्ने ६० वर्षीय चित्र बहादुर विश्वकर्मा रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय सिन्धुली पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०६-२०

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने सर्लाही लालबन्दी नगरपालिका-१४ घर भएका ३७ वर्षीय हिरालाल ब्लोनलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सर्लाही लालबन्दी नगरपालिका-७ स्थित किराना पसलबाट गत भदौ ३ गते नगद १० लाख रूपैयाँ चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ ।