लिखत सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ
२०८३-०५-२३
- A
- A-
- A+
काठमाडौं, लिखित सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ नयाँठिमी बस्ने सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका १९ वर्षीय सन्जिब भुषाल, काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने रौतहट कटहरिया नगरपालिका-३ घर भएका १९ वर्षीय शेख तबरेज र काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने स्याङ्जा भिरकोट नगरपालिका-४ घर भएका २७ वर्षीय समित रेग्मी रहेका छन् ।
एयर अरेबियाको उडानबाट शारजाह, युएई हुँदै भिजिट भिषामा श्रीलंका जान लागेका उनीहरूको साथबाट वैदेशिक रोजगार विभागबाट जारी भएको व्यक्तिगत श्रम स्विकृती नक्कली रहेको खुल्न आएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।