प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

२०८३-०५-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, महिलालाई अभ्रद्र व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने सर्लाही कबिलासी नगरपालिका-२ घर भएका ३० वर्षीय सालिन साहलाई  शनिबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१४ कंलकीबाट पक्राउ गरेको हो । सालिनले गत भदौ १६ गते काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित सडकमा महिलालाई अस्वभाविक तवरले छोई  अभद्र व्यवहार गरेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-२३

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं नागार्जुन नगरपालिका-५ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भएका २६ वर्षीय भुवन भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका-५ बाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

नक्कली टिकटक आइडी बनाई अनलाईन ठगीमा संलग्न तीन जना पक्राउ
२०८३-०५-२३

काठमाडौं, नक्कली टिकटक आइडी बनाई अनलाईन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने सर्लाही लालबन्दी नगरपालिका-५ घर भएका २१ वर्षीय सन्दिप कुमार सिंह कुशुवाह, सप्तरी राजविराज नगरपालिका-९ घर भएका २१ वर्षीय सुमित दास र काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने महोत्तरी गौशाला नगरपालिका-५ घर भएका २२ वर्षीय दिपुश सिंह रहेका छन् ।  उनीहरूले CERTIFIED EV SELLER प्रोफाइल नामको फेक टिकटकबाट सस्तो दरमा ईभी स्कुटर, मोटरसाइकलको  विभिन्न पार्टसहरू घरमै पुऱ्याई दिने भनी विज्ञापन पोष्ट गरी अग्रिम भुक्तानीको लागि रकम पठाउन प्राप्त गरेको पश्‍चात सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लिखत सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ
२०८३-०५-२३

काठमाडौं, लिखित सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा ३ जनालाई  शुक्रबार प्रहरीले पक्राउ गरेको  छ ।पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ नयाँठिमी बस्ने सिन्धुली कमलामाई नगरपालिका-२ घर भएका १९ वर्षीय सन्जिब भुषाल, काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने रौतहट कटहरिया नगरपालिका-३ घर भएका १९ वर्षीय शेख तबरेज र काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने स्याङ्जा भिरकोट नगरपालिका-४ घर भएका २७ वर्षीय समित रेग्मी रहेका छन् ।  एयर अरेबियाको उडानबाट शारजाह, युएई हुँदै भिजिट भिषामा श्रीलंका जान लागेका उनीहरूको साथबाट वैदेशिक रोजगार विभागबाट जारी भएको व्यक्तिगत श्रम स्विकृती नक्कली रहेको खुल्न आएको छ ।  उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

मोटरसाइकल चोरीमा संलग्न रही फरार रहेका व्यक्ति पक्राउ
२०८३-०५-२३

काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रही फरार रहेका काठमाडौं महानगरपालिका-१४ बस्ने धादिङ गजुरी गाउँपालिका-७ घर भएका २१ वर्षीय दावा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-९ स्युचाटारस्थित पार्किङ गरी राखेको बा.प्र.०२-०२२ प ३०९७ नम्बरको मोटरसाइकल २०८१ कार्तिक २९ गते चोरी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।