बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-२५
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-५ घर भएका ४१ वर्षीया सम्झना लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरको २०८२ मंसिर २९ गतेको फैसलाले १ महिना कैद सजाय र १ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-३ बाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।