कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०५-२५
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका लोकन्थली बस्ने सप्तरी सुरङ्गा नगरपालिका-५ घर भएका २४ वर्षीय मोहमद नुरूलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
महोमदले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर लोकन्थलीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।