कटुवा पेस्तोल सहित दुई जना पक्राउ
२०८३-०५-३०
- A
- A-
- A+
रूपन्देही, ओमसतिया गाउँपालिका-६ नारायणपुरबाट कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा प्रयोग हुने छर्रा २५ थान सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अमन कुमार धवल र २० वर्षीय सुनिल केवट रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले अमन कुमारको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।