हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०५-३०
- A
- A-
- A+
नवलपरासी पूर्व, आफ्नै श्रीमती ४० वर्षीया उनिमाया विकको हत्या गरेको अभियोगमा विनय त्रिवेणी गाउँपालिका-३ चिसापानी बस्ने ४३ वर्षीय शेर बहादुर विकलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
शेर बहादुरले धारिलो हतियार खुर्पा प्रहार गर्दा उनिमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुम्किबास समेतबाट खटिएको प्रहरीले शेर बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।