प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०५-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२ घर भएका ४५ वर्षीय बिमल घर्तीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त मुद्दामा ११ वर्ष कैद सजाय, १ लाख १० हजार रूपैयाँ जरिवाना र ४ हजार ४ सय रूपैयाँ क्षतिपूर्ति ठहर भई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-३ जाल्पाचोकबाट पक्राउ गरेको हो । 

उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा पठाइएको छ । 


सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०५-३१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-५ बस्ने तेह्रथुम घर भएका ३५ वर्षीय नगेन्द्र भेटवाल, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने बर्दिया घर भएका ४४ वर्षीय समुन्द्र बहादुर थापा र कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने पाँचथर घर भएका ४४ वर्षीय कुमार खतिवडा रहेका छन् । पक्राउ मध्ये नगेन्द्रले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, समुन्द्रले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ र कुमारले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नगेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-५ बाट सोमबार तथा समुन्द्रलाई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका-९ बाट र कुमारलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

सुनका गरगहना चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०५-३१

काठमाडौं, सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप, रामेछाप नगरपालिका-१ घर भएका २३ वर्षीय दिपेश मग्रान्तीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-१० स्थित एक घरबाट सुनका विभिन्न गरगहना सोमबार बिहान चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई काठमाडौं महानगरपालिका-१० बानेश्वरबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट करिब १ सय ३८ ग्राम ६ सय १० मिलिग्राम तौल बराबरको सुनका विभिन्न गरगहना समेत बरामद गरेको छ ।   उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ । 

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-३०

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-२६ बस्ने सल्यान बागचौर नगरपालिका-१२ घर भएका ३० वर्षीय खिम बहादुर वलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरण काठमाडौंबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०५-३०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका-७ बस्ने ४५ वर्षीय गंगा बहादुर कटुवाल र काठमाडौं बस्ने सर्लाही हरिवन नगरपालिका-२ घर भएका ३८ वर्षीय हेम बहादुर बोम्जन रहेका छन् । पक्राउ मध्ये गंगा बहादुरले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ र हेम बहादुरले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गंगा बहादुरलाई काठमाडौं महानगरपालिका-१२ बाट र हेम बहादुरलाई काठमाडौं महानगरपालिका-२८ बाट पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।