ठगी, लिखत किर्ते, नागरिकता र संगठित अपराध सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०१
- A
- A-
- A+
काठमाडौं, ठगी, लिखत किर्ते, नागरिकता र संगठित अपराध सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने काभ्रे पनौती नगरपालिका-४ टौखाल घर भएका ४६ वर्षीय हरि भन्ने पुण्डे प्रसाद काफ्लेलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा १५ वर्ष कैद सजाय र १ लाख २० हजार रूपैयाँ जरिवाना ठहर भई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा पठाइएको छ ।