अवैध हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ
२०८३-०६-०१
- A
- A-
- A+
काठमाडौं, अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा धनुषा शहिदनगर नगरपालिका-४ घर भएका २४ वर्षीय अजय कुमार मुखियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई धनुषा शहिदनगर नगरपालिका-४ बाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी हालसम्म १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १ सय ४४ रूपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको खुल्न आएको छ ।
उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।