जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८३-०६-१२
- A
- A-
- A+
संखुवासभा, खाँदबारी नगरपालिका-८ जिरो पोईन्ट बस्ने ५९ वर्षीय मान बहादुर तिवारीको घरमा जुवातास खेलिरहेको अवस्थामा मान बहादुर समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ८ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
धनकुटा, धनकुटा नगरपालिका-१ हिलेबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ५२ वर्षीय मोहन बहादुर विक समेत ८ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ५ सय ५० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।