जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०६-१५
- A
- A-
- A+
झापा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-३ बस्ने ३५ वर्षीय लोकेश कुमार माझीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
लोकेश कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।