प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३-०६-१६

  • A
  • A-
  • A+
Share

    उदयपुर, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-५ लालपुर बस्ने ३५ वर्षीय समिर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । समिरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

  बाँके, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने ३८ वर्षीय मान बहादुर कामीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । मान बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभयोगमा पक्राउ
२०८३-०६-०५

मोरङ, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-११ तीनमुढे बस्ने ६० वर्षीय अलकछन माझी चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  कैलाली, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-९ बस्ने ४५ वर्षीय झेलु भन्ने नविन चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।