जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८३-०६-१८
- A
- A-
- A+
ललितपुर, गोदावरी नगरपालिका-३ मचौरस्थित सोही नगरपालिका-५ बस्ने ५७ वर्षीय खिल बहादुर तामाङले संचालन गरेको एसएमएस हार्डवयर पसलको गोदाममा जुवातास खेलिरहेको अवस्थामा खिल बहादुर समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३५ हजार ६ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-८ शिवालय चोक बस्ने ५० वर्षीय तिलक प्रसाद शर्माको घरमा जुवातास खेलिरहेको अवस्थामा तिलक प्रसाद समेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार ४ सय ५० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-१ पुरैनाबाट जुवातास खेलिरहेको अवस्थामा कैलाली गौरीगंगा नगरपालिका-४ राजिपुर बस्ने ४८ वर्षीय जगत बहादुर धामी समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ९ सय १० रूपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।