अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०६-२६
- A
- A-
- A+
दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ मर्पा बस्ने २२ वर्षीय सागर चौधरी र सोही उपमहानगरपालिका-७ नवलपुर बस्ने २५ वर्षीय शिसिर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङ समेतबाट खटिएको प्रहरीले लु.प्र.०२-००१ प ९९४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९६ मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-५ बस्ने ३१ वर्षीय टंक राज भट्ट र सोही नगरपालिका-६ बस्ने २६ वर्षीय खगेन्द्र नाथ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-७ टेडियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ४० मिलिग्राम सहित लालझाडी गाउँपालिका-१ बिनाबारी बस्ने २६ वर्षीय राम जनम चौधरी समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ८७ ट्याब्लेट सहित गोदावरी नगरपालिका-१ बस्ने २१ वर्षीय दिक्षीत साँउदलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-८ जगातीबाट अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित काठमाडौं कपन बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका-५ घर भएका ३० वर्षीय देबिन्द्र राईलाई आतइबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०८-००१ ज ०१४२ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक देबिन्द्रलाई पक्राउ गरेको हो ।
झापा, बाह्रदशी गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ४० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ रतुवामाई नगरपालिका-१० घर भएका ३० वर्षीय अनिष गुरूङ र सोही नगरपालिका-६ घर भएकी २१ वर्षीया रेजिना तोलाङ्गी रहेका छन् । प्रहरी चौकी फूलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-६ पुर्वेलीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ७० मिलिग्राम सहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-२ बस्ने ३३ वर्षीय डिक कुमार कोईराला, झापा अर्जुनधारा नगरपालिका-६ पुर्वेलीटोल बस्ने २४ वर्षीय सुजन खवास, २० वर्षीय पदम राई र २२ वर्षीय पुर्ण बहादुर राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले प्र.१-०१-००१ ह ९१७३ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटो चालक डिक कुमार र अटोमा सवार सुजन, पदम र पूर्ण बहादुरलाई पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका-८ ककौरा बस्ने मधुवन नगरपालिका-८ लालीबजार घर भएका २१ वर्षीय सन्देश राना मगर समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।