करिब १ सय किलोग्राम गाँजा सहित एक जना पक्राउ
२०८३-०६-२६
- A
- A-
- A+
उदयपुर, कटारी नगरपालिका-६ सागुरी पुलस्थित वनबाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित ताप्ली गाउँपालिका-२ धपेनी बस्ने २२ वर्षीय विश्वराज राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले उक्त कारोबारमा संलग्न रही हाल फरार रहेका अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।