चाँदी जस्तो देखिने धातु सहित चार जना पक्राउ
२०८३-०७-०९
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट चाँदी जस्तो देखिने धातु १४ किलो १ सय ८० ग्राम सहित भारत रक्सोल बस्ने ५० वर्षीय रमेश कुमार साह सोनार समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले भारतको रक्सोलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ च ७०७९ नम्बरको कारलाई जाँच गर्दा कारको चार वटै ढोकामा भित्र पट्टीबाट फल्स बटम बनाई लुकाई छिपाई ल्याएको उक्त धातु फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।