प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८३-०७-१०

  • A
  • A-
  • A+
Share

सुर्खेत, गुर्भाकोट नगरपालिका-८ सुन्दरनगर बस्ने ६२ वर्षीय मान बहादुर राजीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय मैते भन्ने टेक बहादुर विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

टेक बहादुरले चिर्पट प्रहार गर्दा मान बहादुर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेहेलकुनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका मान बहादुरको कोहलपुर मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
चाँदीका तयारी गरगहनाहरू सहित भारतीय नागरिक पक्राउ
२०८३-०७-११

काठमाडौं,  चन्द्रागिरी नगरपालिका-७ थानकोटबाट ६८ किलो २ सय ४४ ग्राम २ सय ४० मिलिग्राम तौलको चाँदीका विभिन्न तयारी गरगहनाहरू सहित सोही ठाउँ बस्ने भारत बिहार रक्सौल घर भएका १९ वर्षीय अमन सर्राफलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  अमनले काठमाडौं थानकोट एरियामा विभिन्न किसिमका चाँदीका तयारी गरगहनाहरू भन्सार छली चोरी पैठारी गरी ल्याई अवैध रूपमा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई उक्त गरगहनाहरू सहित पक्राउ गरेको हो ।    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।

पटका सहित ६ जना पक्राउ
२०८३-०७-११

बारा, जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैयाबाट ८० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट राजपुर नगरपालिका-५ बस्ने २८ वर्षीय बिनोद महतो र बारा पचरौता नगरपालिका-७ बस्ने २६ वर्षीय राधा कृष्ण सहनी रहेका छन् । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले सिम्रौनगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१-०३४ च ७३१५ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा उक्त पटकाहरू फेला पारी चालक बिनोद र पिकअपमा सवार राधा कृष्णलाई पक्राउ गरेको हो । ललितपुर, महालक्ष्मी नगरपालिका-४ सितलहाईटबाट २५ हजार रूपैयाँ बराबरको पटका सहित सोही नगरपालिका-६ ईमाडोल बस्ने पर्सा वीरगंज महानगरपालिका-२६ घर भएका २८ वर्षीय अमित कुमार कुशुवहा समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पटका सहित पक्राउ गरेको हो । काभ्रे, धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङबाट ८० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित धनुषा जनकपुरधाम उपमहानगरपालिका-६ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले धनुषाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००७ ख १२२४ नम्बरको गाडीमा सवार उनलाई उक्त पटका सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

चोरीमा संलग्न चार जना पक्राउ
२०८३-०७-१०

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भई काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने २५ वर्षीय विकास पोदार, ४६ वर्षीया विणा देवी, चन्द्रागिरी नगरपालिका-१० सतुंगल बस्ने १९ वर्षीय राजु पोदार र २३ वर्षीय राजेन्द्र कुमार रहेका छन् ।काठमाडौं महानगरपालिका-१४ कलंकी तासिङडोल मार्ग बस्ने सिता थपलियाको फ्ल्याटबाट र निरञ्जन नेपालको घरबाट नगद, सुन तथा चाँदीका गरगहनाहरू लगायतका धनमालहरू चोरी गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको   हो । प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहनाहरू, मोबाइल १६ थान, घडी १० थान लगायतका सरसामान समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ । 

मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०७-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका-१० बस्ने झापा मेचीनगर नगरपालिका-६ घर भएका ४४ वर्षीय संजय सुवेदी र चितवन राप्ती नगरपालिका-१ घर भएका ३४ वर्षीया मधु मालती स्याङताङ रहेका छन् । पक्राउ मध्ये संजयले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ र मधुमालतीले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।