हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०७-११
- A
- A-
- A+
संखुवासभा, आफ्नै श्रीमती ४९ वर्षीया मिङ्माछिकी शेर्पाको हत्या गरेको अभियोगमा चैनपुर नगरपालिका-१ नुनढाकी थर्पु बस्ने ४८ वर्षीय तेम्बा रिन्जे शेर्पालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तेम्बाले कुटपिट गरी मिङ्माछिकीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चैनपुर समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।